CANDOR

>>>>>>>>>>A World View by A Candid Mind

  • Calendar

    October 2009
    M T W T F S S
    « Aug   Nov »
     1234
    567891011
    12131415161718
    19202122232425
    262728293031  
  • Nepali Time

  • New Posts

  • c

  • Archives

  • Blog Stats

    • 5,604

Archive for October, 2009

मिडिया र संचारकर्मि जिम्मेवार बन ।

Posted by Thaneshwar on October 13, 2009

जिम्मेवार मिडियामा काम गर्ने संचारकर्मिहरुले समाचार निर्माण, प्रसारण र प्रकाशन गर्दा गम्भिरता अपनाउनु अति जरुरि हुन्छ। सस्तो लोकप्रियता कमाउने उद्देश्यले प्रकाशित वा प्रसारित समचारले पार्ने नकारात्मक असर प्रति संचारकर्मिहरु गम्भिर बनि सोच्नु पर्दछ। नम्रता श्रेष्ठ प्रकरण र आफ्नै बाबु बाट बलात्कृत बालिका संबन्धि सार्वजनिक समचारले दुवैको आलो घाउमा नुन छर्कने काम गरेको छ। हाम्रो जस्तो धार्मिक- सामाजिक परिवेशमा प्रकाशित समचारकै कारण पिडितहरुले वर्तमान र भविष्य सम्मै पनि सामाजिक रुपमा बेइज्जति र व्यवसायिकरुपमा असफल बन्नु नपरोस ।

नेपालको कानुनमा सहमतिमा विवाहित वा अविवाहित पुरुष र महिला विच हुने यौन संसर्गलाई गैरकानुनि ठहर गरेको छैन। नम्रताको भनिएको यौन भिडियो उनको बदनाम गराउने उद्वेश्यका साथ बाहिर आएको कुरामा कुनै शंका छैन। तसर्थ नम्रताको स्वीकृति बिना उनको व्यक्तिगत र व्यवसायिक जिवन ध्वस्त पार्ने उद्वेश्यका साथ बाहिर ल्याइएको भिडियो र प्रकाशित समचारका विरुद्व नम्रताले कानुनि उपचारको बाटो लिनु जरुरि छ।


बालिका प्रकरणमा बालिकाको परिचय सार्वजनिक नहुने गरि यौन दुराचारि बाबुलाइ हदैसम्मको कारवहि हुने प्रक्रिया र बाटो अवलम्वन गरिनु पर्दथ्यो।  उदाहरणको लागि बालिका प्रकरणमा उल्लेखित पिडक उसको बाबु वा नातेदार वा छिमेकि वा पिडित संग कुनै पनि प्रत्यक्ष नाता वा सम्बन्ध नपर्ने व्यक्ति हुन्थयो भने पिडकको फोटो सहितको समचार प्रकाशित गर्दा अन्यथा हुन जाने थिएन तर उस्को अपराधको सार्वजनिक गर्दा भविष्यमा पिडित छोरीका नाममा कलंक लाग्न सक्ने कुरा प्रति पनि सचेत बनौ।

Posted in Acute Truth, मेरो विश्वास | 1 Comment »