किन हामि यस्तो ?
Posted by Thaneshwar on July 2, 2009
नकारात्मकता हामि धेरै नेपालिहरुको रगतमा पसिसकेको छ। मेरो आफ्नो विश्लेशणात्मक बुझाईमा हामि भित्र आग्रह, पुर्वाग्रह, स्वार्थ , रिस प्रचुर मात्रमा छन तर विषयको गहनता र गम्भिरताको ज्ञानमा कमि छ।
हाम्रा आफ्ना कर्म र वचनले अरुको नजरमा आफ्नो कस्तो छवि बनाएको छ वा बनाउने छ ? आफ्ना सन्ततिले त्यसको कति मूल्य चुकाउनु पर्ला भन्ने कुराको हामि पटक्कै हेक्कै राख्दैनौं। वर्तमानको फाईदा वा क्षणिक सन्तुस्ति धेरै जनाको मिसन अफ लाइफ बनिरहेको छ।
इमानदारि र मेहेनेतका साथ साधारण वा मध्यमस्तरको जिवन जिउने होइन तर बेइमानि र लाचार बनेर भएपनि भौतिक सम्पन्नताको खोजिमा हामि दौडिराखेका छौं। अनि कर्मले होइन कि शब्दले आफु राम्रो वा असल बन्न प्रयासरत छौं।
सर्वप्रथम इमान्दारिता, नैतिक र वौदिक शिक्षा हाम्रो आवश्यकता हो र व्यक्तिहरुमा सत्य प्रतिको विश्वास जगाउन नसक्ने हो भने बाहिरि संसारमाझ पनि हाम्रो राम्रो छवि पक्कै बन्ने छैन।
