CANDOR

>>>>>>>>>>A World View by A Candid Mind

  • Calendar

    September 2008
    M T W T F S S
    « Aug   Oct »
    1234567
    891011121314
    15161718192021
    22232425262728
    2930  
  • Nepali Time

  • New Posts

  • c

  • Archives

  • Blog Stats

    • 5,605

माओवादी- साम्यवादी कि समाजवादी ? प्रस्ट बन

Posted by Thaneshwar on September 26, 2008

अहिले नेपाली राजनीतिको केन्द्रमा रोल्पा देखि न्युयोर्क सम्म नेकपा माओवादीको चर्चा भैरहेको छ। १० वर्षे जनयुद्द र उसका राजनैतिक सिद्दान्त र नीतिलाइ विर्सेर उनिहरुले गर्ने वहस, वकालत र भाषण सुन्ने हो भने उनिहरुको विरोध गर्नु पर्ने कुनै कारण देखिंदैन । तर माओवादीले अहिले आएर उठान गरेका सवालहरु उसका नीति तथा सिद्दान्त संग पटक्कै मेल खांदैनन। म जस्ता सामान्य मानिसहरुले अहिले सम्म बुझेको कम्युनिज्मका २

 

 , सत्ता प्राप्ति शसस्त्र द्वन्दद्दारा मात्र संभव हुन्छ ।

,  सरकार संचालनको नेतृत्व सर्वहारा वर्गको अधिनायकत्वमा हुनुपर्छ।

 

तर यिनै मुख्य २ कुराहरुलाइ नेपाली माओवादीहरलेनै गलत सावित गरिदिएका छन। नत उनिहरु अहिले शशस्त्र द्वन्दद्दारा सत्तामा पुगेका हुन, नत उनिहरु सर्वहारा वर्गको एकाधिकार स्थापना गर्ने कुरा गरिराखेका छन। उनिहरुत सच्चा लोकतन्त्रवादीले गर्ने कुरा समावेशिकरण, राज्यको पुनर्संरचना, धार्मिक तथा सांस्कृतिक स्वतन्त्रताअधिकारका कुरा गरिराखेका छन।

 

माओवादीले १० वर्षे जनयुद्द र बदढो विश्वव्यापिकरणको अभियानबाट पक्कै पनि राम्रो संग के कुरा बुझेको हुनु पर्छ भने आजको एक्काइसौं शताब्दिमा नत जनयुद्दबाट सत्ता प्राप्त गर्न सकिन्छ नत विश्वमा कम्युनिष्ट शाशन व्यवस्था भएका कुनै पनि देश सम्पन्न र विकसित हुन सकेका छन। त्यसैलेनै उनिहरुले लोकतान्त्रिक गणतन्त्रको कार्यदिशा लिएर सात दल संग सहकार्य गर्न आएको हुनुपर्छ। तर माओवादी नेतृत्वले अहिले सम्म आफ्ना नीति तथा सिद्दान्तहरुमा भने तदअनुरुप कुनै परिवर्तन गरेका छैनन। माओवादीहरुले बहुमत नेपाली जनता र विश्व जनमतको विश्वास लिनको लागि आफ्ना सिद्दान्ततमानै पूर्ण रुपमा परिवर्तन गर्नु पर्दछ। कम्युनिष्ट साम्यवाद बाट कुनै पनि देश विकसित हुन र जनता सम्पन्न र सुखि बन्न सक्दा रहेनछन तसर्थ हामि दु:खि गरिब, किसान र मजदुर तथा श्रमिक नेपालीहरुको  हितको लागि लडने समाजवादीहुं भनेर आफ्ना नीति ,सिद्दान्त परिवर्तन गर्न सक्नु पर्यो नत्र लोकतान्त्रिक समाजवाद र अधिकारका मिठा-मिठा र ठुला-ठुला मुद्दा र नारा उठान गरेर नागरिकका इच्छा आकांक्षाहरु छल्ल बल्ल बनाउने र अराजकताको वातावरण सिर्जना गर्ने अनि त्यो अराजकतालाइ तह लगाउन निरंकुशताको आवस्यकता छ भन्दै कम्युनिष्ट एकतन्त्रको प्रयोग गर्ने चालवाजि हो भन्ने आशंका एवं शंशय सबैमा कायम रहिरहने छ।

 

माओवादीहरुले शशस्त्र द्दन्दको शुरुवातका दिनमा र द्वन्द अवधिभर जुन कुराको वकालत र विरोध गर्दथे त्यो अहिले स्मरण पनि गर्न चाहांदैनन। हामिले विर्सन नहुने कुरा के हो भने माओवादी जनयुद्द लोकतन्त्र स्थापनका लागि भएको होइन । यो त तत्कालिन संसदिय प्रजातन्त्रलाई मासेर जनगणतन्त्र स्थापना गर्ने उद्देश्य बोकेर गरिएको थियो। जुन उद्देश्य प्राप्तिका लागि उनिहरुले अहिले भन्ने गरिराखेको सामन्तवादको नाइके राजसंस्थासंग समेत घोषित-अघोषित समझौता गरेर मुख्यतया नेपाली कांग्रेस र एमालेलाई मुख्य शत्रु मानेर उनिहरुका समर्थक र कार्यकर्ताहरुलाई मार्ने, कुटने,र सम्पत्ति कब्जा गर्ने गरेका थिए। तर जनयुद्दको दौरानमा उनिहरुले शशस्त्र द्वन्दद्वारा जनगणतन्त्र स्थापना गर्न नसकिने ठहर गरेर शशस्त्र द्वन्दलाइ अवतरण गर्ने विकल्प खोज्ने क्रममा तत्कालिन संसदवादी दलहरुको गिर्दो शाख देखेर उनिहरुले सच्चा लोकतान्त्रिक बन्ने प्रयास गरेका हुन।  तसर्थ अहिले आएर माओवादीहरुले आफुहरुले  शशस्त्र द्दन्द रहरले होइन वाध्यताले गरेको हो भनेर रोल्पा देखि न्यूयोर्कसम्म सफाइदिंदै हिंडे पनि त्यो कुरामा कुनै सत्यता छैन। त्यो माओवादीको उग्रवामपन्थि चिन्तन, राजनैतिक अधैर्यता र भु-राजनैतिक जतिलताको गलत विश्लेसण को उपज थियो

 

हो माओवादीले हाल आएर उठान गरेका धेरै मुद्दाहरु संग बहुसंख्यक नेपाली जनताको समर्थन छ। जनयुध्दको सुरुवातका दिन देखिनै यि सवाल वा मुद्दाहरुलाई लिएर राजधान देखि गाउं-गाउं सम्म शान्तिपूर्ण तवरले जनतामाझ गएको भए जनयुद्द अवधिमा भएको मानविय एवं भौतिक क्षति बिनानै पनि लोकतन्त्र स्थापना गर्न संभव हुन्थ्यो। माओवादीले तत्कालिन देउवा सरकार समक्ष पेश गरेको चालिस बुंदे मागपत्रत युद्दमा जाने तयारी गररे मन्चन गरेको केवल एउटा नाटक मात्र थियो। नेपाल जस्तो गरिब राष्ट्रमा तत्कालको तत्काल उक्त माग पत्रमा उल्लेखित मागहरु पुरा हुन संभव नै थिएन। महत्वपूर्ण कुरा अहिले माओवादी लाई जुन सफलाता मिलेकोछ त्यो जनताको अभिमत बाटनै होइन र ? भलै यो पूर्ण संख्या  माओवादीलाइ विस्वास गरेर दिएको भने होइन। तसर्थ जनयुद्दको अवधिमा भएका मानवताविरोधि कार्यहरु; हत्या, हिंसा, अपहरण, लुटपाट, धरपकडका विरुद्द उनिहरुले नेपाली जनता र विश्व जगत सामु आत्मा-आलोचना गर्नु पर्दछ।   यो विश्वका अन्य मुलूकमा पनि कम्युनिष्ट वा अन्य कुनै अतिवादमा विस्वास गर्ने शक्तिले आफ्नो निरंकुश शाशन स्थापनको उद्देश्य लीएर संचालन गर्न चाहाने र गरि राखेका कुनै पनि प्रकारका शशस्त्र द्वन्द समाधानका लागि एक नजिर र पाठ हुनेछ। 

 

दीर्घकालीन रुपमा नीती तथा सिद्दान्त बलियो हुने भएपनि तत्कालिन रुपमा राजनेताको नेतृत्व, व्यक्तित्व र इमान्दारीताले धेरै ठुलो असर गर्दछ।  नेपाली राजनीतिमा पनि अहिले आएर त्यहि भएको छ। बिपि कोइराला द्दार प्रतिपादित प्रजातान्त्रिक समाजवाद र मदन भण्डारि द्दार प्रतिपादित जनताको बहुदलिय जनवाद उत्कृष्ट हुंदा हुंदै पनि तिनि पार्तीहरुमा इमान्दार र सक्षम नेतृत्वको अभावले आज जनताको नजरमा असफल सिद्दान्त सावित भएका छन। तर सिद्दान्त र लक्ष केहि संग पनि मेल नखाने तर सच्चा लोकतान्त्रिक नारा तथा कार्यक्रमहरुको उठान गरेर माओवादीहरुले सतहि वाहा-वाहा को तालि खाइरहेका छन। माओवादीका यि असंगतिहरुको विरोध गर्ने नैतिक साहास नेपाली कांग्रेस र नेकपा एमालेमा नहुनाले पनि त्यसको फाइदा माओवादीलाइनै पुगेको छ। तर माओवादीले छिट्टैनै आफुलाई सैद्दान्तिक रुपमा प्रस्ट पार्ने सकेन भने वर्तमानको साख धेरै लामो समय सम्म टिक्न सक्ने छैनर माओवादी पनि दोस्रो एमालेमा परिणत हुनेछ जसले देशमा पु:न अस्थिरताको वातावरण सिर्जना गर्नेछ जुन कुरा पक्कै पनि नेपाल र नेपालीको लागि हितकर हुने छैन।

 

 

 

 

 

Leave a Reply

XHTML: You can use these tags: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <pre> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>