First Part
Second Part
Posted by Thaneshwar on June 13, 2008
First Part
Second Part
Posted in दस्तावेज | Leave a Comment »
Posted by Thaneshwar on June 3, 2008
प्रदीप ज्ञवाली
फेरि एकपल्ट राजनीतिक दल र नेपाली मिडियाले माओवादी धम्कीको सामना गर्नुपर्यो । गणतन्त्र कार्यान्वयनको खुसियालीमा टुंडिखेलमा आयोजित कार्यक्रममा माओवादी अध्यक्ष पुष्पकमल दाहालले एमाले र काङ्ग्रेसमाथि अमर्यादित भाषामा चर्को आक्रमण गरे । उनले कान्तिपुर दैनिकलाई ‘अब पनि खेदिरहे राम्रो नहुने’ चेतावनी दिए र अन्य मिडियालाई पनि ‘त्यो कुरा ख्याल गर्न’ सचेत गराए । भनिन्छ- फलेको हांगो निहुरिन्छ । तर त्यस दिनको कार्यक्रममा माओवादी नेताहरूका अभिव्यक्ति र हाउभाउ हेर्दा यस्तो लाग्थ्यो- माओवादी विना फलको, घोच्ने कांडो हो । सबभन्दा ठूलो पार्टीको नेताको हैसियतले सरकारको नेतृत्व गर्न तयारी गरिरहेका व्यक्तिबाट त्यसदिन जनताले नयां गणतान्त्रिक नेपालको प्रारूप र राजनीतिक सहमतिका नयां आधारहरूका विकल्प प्रस्तुत हुने अपेक्षा गरेका थिए । पार्टीनेताको सांघुरो परिचयबाट देशकै नेतामा रूपान्तरित हुने अवसर थियो त्यो । तर सहयात्री दलहरूलाई सशङ्कित र आमजनतालाई चिन्तित तुल्याउंदै माओवादी नेताले धम्की, मुठभेड र कटुताको बोली बोले। Read the rest of this entry »
Posted in Maoist, Politics | Leave a Comment »
Posted by Thaneshwar on June 3, 2008
अमीत ढकाल
पुष्पकमल दाहालजी, तपाईंले गत शुक्रबार टुंडिखेलबाट कान्तिपुरको नामै किटेर र्सार्वजनिक चेतावनी दिनुभएकाले यस पब्लिकेसन्समा कार्यरत पत्रकारका हैसियतले केही कुरा लेख्दैछु । तपाईंले भन्नुभएछ, ‘कान्तिपुरका सम्पादकलाई मैले भनिदिएको छु, अब पनि हामीलाई खेद्नुभयो भने राम्रो हुने छैन, किनभने जनताले हामीलाई जिताइसकेका छन् ।’
शनिबार पत्रकार महासंघको चियापानमा धेरैले हामीसंग भने, ‘तपाईंहरूलाई धम्की आयो । चिन्ताको विषय भयो । तपाईंहरूको पत्रकारितामा फरक पर्छ -’ एकजनाले त अड्डी नै कसे, ‘फरक परिहाल्छ नि’ । सायद तपाईंलाई पनि लाग्दो हो, फरक पर्छ, पार्न सकिन्छ । नत्र किन नामै किटेर चेतावनी दिनुहुन्थ्यो, र्सार्वजनिक रूपमा । Read the rest of this entry »
Posted in Maoist, Politics | Leave a Comment »